सागको तालिका सार्वजनिक : मंसिर १५ मा उद्घाटन, ११ गते देखि नै खेल हुने
काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को खेल तालिका सार्वजनिक भएको छ ।
सार्वजनिक तालिकाअनुसार उद्घाटनअघि नै भलिबलका खेलहरु सुरु हुने भएका छन् । तालिकाअनुसार मंसिर ११ देखि १७ गतेसम्म भलिबलका खेलहरु काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछन् ।
सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भएता पनि त्यसअघि भलिबलका तीन खेलहरु हुनेछन् । उद्घाटन अगाडि प्याराग्लाइडिङ र उसुका खेल पनि हुने छन् ।
उसुको खेल मंसिर १३ बाट १९ सम्म ललितपुरको लगनखेलस्थित आर्मी शारीरिक तथा फिटनेश सेन्टरमा हुनेछ । प्याराग्लाइडिङ मंसिर १४ बाट २३ गतेसम्म पोखरामा हुनेछ ।