Suvadin, Home

Cover Image

विश्‍वकप फाइनलको सुपर ओभर विवादमा आएपछि सचिनले के भने ?

एजेन्सी । भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरले विश्वकप फाइनलमा बाउन्ड्रीको संख्याको आधारमा विजेता घोषित गरिएकोप्रति आफ्नो धारणा व्यक्त गरेका छन् । उनले पहिलो सुपर ओभर पनि बराबरी भएमा दोस्रो सुपर ओभर गर्नुपर्ने धारणा राखे । 

आइतबार लर्ड्समा खेलिएको फाइनलमा इंग्ल्याण्डले बाउन्ड्रीको आधारमा न्यूजील्याण्डलाई हराउँदै विश्वकप उपाधि हात पारेको थियो । 

तेन्दुलकरले १००एमबीसँग भने, 'मलाई लाग्छ कि दुवै टीमको बाउन्ड्रीको आधारमा विजेता घोषणा गर्नुको सट्टा अर्को एउटा सुपर ओभरबाट विजेता घोषणा गर्नुपर्‍थ्यो । केवल विश्वकप फाइनल मात्र होइन, प्रत्येक म्याच महत्त्वपूर्ण हुन्छ । फूटबलमा पनि अतिरिक्त समयमा गएपछि पहिलाको खेलले कुनै अर्थ राख्दैन ।' 

विश्वकप २०१९ को फाइनलमा न्यूजील्याण्डले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २४१ रन बनाएको थियो । जवाफमा इंग्ल्याण्डले ५० ओभरमा त्यतिनै रन बनायो । त्यसपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा पनि दुवै टीमले समान १५-१५ रन बनाएका थिए । त्यसपछि धेरै बाउन्ड्री प्रहार गरेको भन्दै इंग्ल्याण्डलाई उपाधि दिइएको थियो । 


 

More form the Internet

loading...