Suvadin, Home
Nepal life 2.241M

साफ महिला च्याम्पियनसीपमा नेपाल समूह ‘ए’मा

बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ड्रमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा तथा समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का रहेका छन्।

काठमाडौं, २९ भदौ – आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ।

बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ड्रमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा तथा समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का रहेका छन्।

भारतमा सम्पन्न पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो। पाँचौ संस्करणको उक्त प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने लाग्न सकेको छैन।


 

More form the Internet

loading...