सेमिफाइलमा भारतलाई पन्छाउने नेपालकाे लक्ष्य
काठमाडाैं, पुस १८
दक्षिण एसियाली महिला फुटबल (साफ) काे सेमिफाइनमा साेमबार दिउँसाे २ बजेर १५ मिनेटमा नेपाल र भारत अामनेसामने हुदैछन्। नेपाल र भारत साफ महिला च्याम्पियनसिपमा परिचित प्रतिद्वन्द्वी हुन्। हालसम्म भएका तीन वटा साफमा दुबै टाेलीले फाइनल खेल्दै अाएका छन् भने भारतले नेपाललाई उपबिजेतामा सीमित पार्दै अाएकाे इतिहास छ।
तर, सिलिगुडीमा जारी चौथो साफ वुमेन्स च्याम्पियनसिपमा नेपाल र भारत सेमिफाइनलमा भिड्दैछन्। जित्ने टाेलीले प्रतियाेगिताकाे उपाधि उचाल्ने अनुमान छ। भारतका लागि परम्परागत लिगेसी जाेगाउन पनि नेपालसँगकाे जित अावश्यक छ। यता, प्रतियाेगितामा सुरूबाटै अाक्रमक देखिएकाे नेपालकाे युवा टाेली भारतलाई जसरी पनि राेक्ने तयारीमा छ। एक अर्थमा दुबै टाेलीका लागि यो खेल ‘गर या मर’काे स्थिति हुने छ।
साफकाे मात्र हैन, दक्षिण एसियाली खेलकुद (साग) को पछिल्ला दुई संस्करणमा स्वर्णपदकका लागि पनि नेपाल र भारत नै प्रतिस्पर्धामा उत्रेका छन्। त्यहा पनि नजिता उस्तै दाेहाेरिएकाे छ।तर, भारतसँग कुनै पनि खेलमा नेपालले सहजै नजिता पस्किएकाे छैन, कडा प्रतिस्पर्धा भएकाे छ। विश्व फुटबलकाे सर्वाेच्च निकाय फिफा वरियतामा नेपालभन्दा भारत ५१ स्थान माथि छ।
‘यसपटक भारतलाई जसरी पनि राेक्ने दाउमा हामी छाैं,’ नेपाली टाेलीका प्रशिक्षक थापाले भने, ‘हाम्राे स्पष्ट लक्ष्य भनेकाे च्याम्पियन बन्नु नै हाे। यसअघिका नतिजाहरू पनि एकनासका छन्, सही नतिजा दाेहाेरिनेमा म ढुक्क छु।’
अामनेसामने
यसअघि नेपाल र भारत सागका दुई तथा साफका तीन खेलमा अामनेसामने भएका छन्। गत वर्ष भारतकै सिलोङमा भएमा भएकाे १२ औं सागको लिग चरणमा नेपालले भारतसँग गोलरहित बराबरी खेल्नु नै भारतसँगकाे नेपालकाे हालसम्मकाे राम्राे प्रदर्शन हाे। साेही प्रतियाेगिताकाे फाइनलमा भने भारतले नेपाललाई ४-० ले पराजित गरेकाे थियाे।
त्यस्तै, ढाकामा भएकाे ११ अाैं सागमा नेपाल भारतसँग ३-१ ले पराजित भएकाे थियाे। त्यस्तै, नेपालले पहिलाे साफमा १-०, दोस्रो साफमा ३-१, र तेस्रो साफमा ६-० काे नजिता व्यहाेर्दै अाएकाे छ। यस प्रतियाेगितामा भने नेपालले पहिलाे खेलमा भुटानलाई ८-०, दाेस्राेमा माल्दिभ्सलाई ९-० र तेस्राेमा श्रीलंकालाइ १-० ले पराजित गर्दै समूह ए काे रूपमा सेमिफाइनल प्रवेश गरेकाे हाे। यता भारतले भने अफगानिस्तानमाथि ५-१ को जित तथा बंगलादेशसँग गोलरहित बराबरी खेल्नै समूह बी काे उपबिजेता बन्दै नेपालसँगकाे भेट पक्का गरेकाे हाे।
प्लेयर टु वाच
सावित्रा भण्डारी
नेपालकी फरवार्ड सावित्रा भण्डारीले सुरूका दुई खेलमा ११ गोल गरेकी छिन्। प्रतियाेगिताका समूह चरणका तीन वटा खेलहरू अाैसतमा नेपालभन्दा कमजाेर टाेलीहरू थिए। तिनै खेलहरूमा सावित्रा चम्किएकी हुन्।
श्रीलंकाले चुनाैती दिएकाे अन्तिम खेलमा सावित्रा चल्न सकिनन्। तर, उनकाे क्षमतालाई कमजाेर अाक्न भने मिल्दैन। सावित्राले भारतसँगकाे खेलमा अाफुलाइ प्रमाणित गर्नुपर्नेछ। फरवार्डमा नेपालकाे पहिलाे अाधार सावित्रा भएकाले सावित्राले जिम्मेवारीपूर्वक खेल पस्कन जरूरी छ।
याे पनि पढ्नुहाेस् :-
काे हुन् भुटानविरूद्ध ६ गाेल गर्ने कीर्तिमानी सावित्रा भण्डारी?