Suvadin, Home
Nepal life 3.285M

क्रिकेट खेलाडी सागर पुन घाइते, ६ महिना आराम गर्ने

दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब ६ देखि सात महिना मैदान बाहिरै रहने राष्ट्रिय टोलीका कप्तान पारस खड्काले जानकारी दिए।
फाइल फाेटाे

काठमाडौं, ७ पुस – राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन्।

जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको आज शल्यक्रिया गरिएको छ।

दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब ६ देखि सात महिना मैदान बाहिरै रहने राष्ट्रिय टोलीका कप्तान पारस खड्काले जानकारी दिए।

सागरको अनुपस्थितमा राष्ट्रिय टोलीलाई निकै क्षति पुग्ने खड्काको भनाइ छ। जारी इपिएलमा काठमाडौं किंग्स ११ बाट खेलेका सागरलाई ललितपुर प्याट्रियसविरुद्धको खेलका क्रममा बलिङ गर्दा चोट लागेको थियो। 


 

More form the Internet

loading...