Suvadin, Home
Nepal life 3.22M

सन्दीपको बिग ब्यास लिगमा जादुमय शुरूवात

सन्दीपले ४ ओभरमा २ विकेट लिंदै ३६ रन खर्चिए। सन्दीपले १४ ओभर हुँदा नै आफ्नो ४ ओभरको कोटा पुरा गरे।

काठमाडौं, ६ पुस – नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिगमा शानदार डेब्यू गरेका छन्। मेलबर्न स्टार्सले सिड्नी थन्डर्सविरुद्ध लिगको पहिलो खेल्मा उनले दुई विकेट लिएका हुन्।

सन्दीपले आठौं ओभरमा बलिङ गरेका थिए। दोस्रो बलमै थन्डर्सका कप्तान सेन वाटसनलाई लङ अन बाउन्ड्री नजिक क्याच आउट गराए। उनले त्यसको दुई बलमा नै क्यलम फर्गासनलाई आफैं क्याच गर्दै दोस्रो विकेट हात पारे। उनले पहिलो ओभरमा ३ रनमात्र खर्चे।

दोस्रो ओभरमा सन्दीपले ६ रन खर्चे। तेस्रो ओभरको अन्तिम बलमा जेसन संघाले छक्का प्रहार गरेपछि सन्दीपले त्यस ओभरमा १३ रन दिए। चौथो ओभरको पहिलो बलमा पनि संघाले सन्दीपको बलमा छक्का प्रहार गरे। संघाले तेस्रो बलमा गरेको प्रहर टप एज लाग्दै छक्का भयो। उनले त्यस ओभरमा १४ रन दिए।

सन्दीपले ४ ओभरमा २ विकेट लिंदै ३६ रन खर्चिए। सन्दीपले १४ ओभर हुँदा नै आफ्नो ४ ओभरको कोटा पुरा गरे। थन्डरले १४ ओभरमा ४ विकेट गुमाउँदै १ सय १९ रन जोडेको छ। खेलको पूर्वसन्ध्यामा मेलबर्न स्टार्सका कप्तान म्याक्सवेलले सन्दीपको प्रशंसा गरेका थिए। आईपीएलमै सन्दीपबाट आफू प्रभावित भएको उनको भनाइ छ।

म्याक्सवेलले भने, ‘मैल आईपीएलका केही खेलमा उनको बलिङ हेरेको थिएँ, उनमा ब्याट्सम्यानलाई छक्याउने कला छ। उनी हाम्रो टिमका स्टार हुन्। शारीरिक रुपमा धेरै बलियो नभए पनि सन्दिपको बलिङ ‘स्मार्ट’ भएको म्याक्सवेल बताउँछन्। प्राक्टिस गर्दा मलाई उनको बलिङ बुझ्न धेरै दिन लाग्यो। म उनलाई सिधा हान्ने प्रयास गर्थेँ र बोल्ड हुन्थे। आशा छ बीबीएलमा उनको बलिङले विपक्षी ब्याट्सम्यानहरुलाई हैरान बनाउने छ।’


 

More form the Internet

loading...