Suvadin, Home

सन्दीपले करेला किंग्सबाट टी–१० लिग खेल्दै

सन्दीप आइतबार २१ नोभेम्बरबाट शुरु हुने टी–१० लिगका लागि यूएर्इ प्रस्थान गर्ने नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिएका छन्।
सन्दीप लामिछाने

काठमाडाैं, २ मंसिर – नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने युनाइटेड अरब इमिरेट्स यूएईमा आयोजना हुने टी–१० लिग खेल्ने भएको छ।

सन्दीप आइतबार २१ नोभेम्बरबाट शुरु हुने टी–१० लिगका लागि यूएर्इ प्रस्थान गर्ने नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिएका छन्। सन्दीपले टि–१० लिगमा केरला किंग्सबाट खेल्नेछन्। केरलाले २१ नोभेम्वरमा पख्तुनको सामना गर्नेछ।

अन्तर्राष्ट्रिय जगतमा नाम र दाम दुवै कमाउन सफल सन्दीपले पछिल्लो एक वर्षमा इन्डियन प्रिमियर लिग अार्इपिएल, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि–२० लिग क्यानडा र अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन्।

केरलाले ३० हजार अमेरिकी डलरमा सन्दीपलाई गत महिना ड्राफ्टमार्फत टिममा समावेश गरेको थियो। सन्दीपको टिममा इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान समेत रहेका अवेन मोर्गन, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ, मोहम्मद नाभेद जस्ता खेलाडीहरु रहेका छन्।

लिगमा ८ टिम सहभागिता जनाउने छन्। मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बंगाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन्। लिगको खेल १० ओभरको हुनेछ।

यसबीच सन्दीप लामिछानेलाई थाइ सुट फिट्स प्राइभेट लिमिटेडले शनिबार ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ। उनलाई थाइ सुटले एक वर्षको लागि ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो। सम्झौतामा सन्दीप र थाइ सुटका सिइओ ओमभक्त योगीले हस्ताक्षर गरेका छन्।

सन्दीप डेयरडेभिल्सका रोजाइमा


 

More form the Internet

loading...