Suvadin, Home

सन्दीप टी–१० लिगको ड्राफ्टमा छनोट

युनाइटेड अरब इमिरेट्स युएईमा नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म आयोजना हुने १०–१० ओभर फर्म्याटको खेलमा सन्दीपलाई इङ्ल्यान्डका वान डे र टी–२० क्रिकेटका कप्तान ओइन मोर्गन आइकन खेलाडी र कप्तान रहेको टिम केरला किंग्सले ड्राफ्टमार्फत छनोट गरेको हो।

काठमाडाैं, १२ असोज – निकै चर्चामा बटुल्दै अाएका नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने टी–१० क्रिकेट लिग २०१८ मा छनोट भएका छन्।

युनाइटेड अरब इमिरेट्स युएईमा नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म आयोजना हुने १०–१० ओभर फर्म्याटको खेलमा सन्दीपलाई इङ्ल्यान्डका वान डे र टी–२० क्रिकेटका कप्तान ओइन मोर्गन आइकन खेलाडी र कप्तान रहेको टिम केरला किंग्सले ड्राफ्टमार्फत छनोट गरेको हो।

सन्दीपलाई केरलाले ३० हजार अमेरिकी डलर अर्थात ३४ लाख ८३ हजार नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो। सन्दीपको टिममा विस्फोटक ब्याटम्यान क्रिस गेल, किरण पोलार्ड, तिब्र गतिका बलर जुनैद खान र अलराउण्डर टम कुरान जस्ता स्टार क्रिकेटर रहेका छन्।

टी–१० लिगमा कुल ६ टिम सहभागी रहेका छन् जसमा मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बङ्गाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन्। केरला किंग्सको आइकन मोर्गन, मराठाको राशिद खान, पख्तुन्सको शहिद अफ्रिदी,पन्जाबीको शोयब मलिक, कराचियन्सको शेन वाटसन, बेङ्गालको सुनिल नारायण, नर्थर्न वारियर्सको ड्यारेन स्यामी तथा राजपुत्सको ब्रेन्डन म्याकलम रहेका छन्।


 

More form the Internet

loading...