Suvadin, Home
Nepal life 1.218M

मोन्ट्रियालको जितमा सन्दीपको ३ विकेट योगदान

टोलीका लागि सन्दीपले सर्वाधिक ३ विकेट लिए। उनले टप-अर्डरकै तीनवटा ब्याट्सम्यानका विकेट लिएका थिए। उनले ४ ओभर बलिङ गर्दै ३१ खर्चिएका थिए। उनले १३ डट बल पनि फालेका थिए। जवाफमा १ सय ६३ रनको लक्ष्य मोन्ट्रियालले १८औं ओभरमै पुरा गर्न सफल रह्यो। मोन्ट्रियालका लागि सुनिल नारनले ओपनिङ गर्दै विष्फोटक ६१ रन बनाएका थिए। ६ टोली सम्मिलित प्रतियोगितामा मोन्ट्रियालको यो दोस्रो जित हो।

काठमाडौं, २७ असार – क्यानाडामा जारी ग्लोबल टि-२० अन्तर्गत नेपाली युवा स्पिनर सन्दीप लामिछानेले मोन्ट्रियाल टाइगर्सको जितमा ३ विकेट लिएका छन्। टस जितेर पहिले बलिङ रोजेको मोन्ट्रियालले वेष्ट इन्डिज ‘बि’लाई २० ओभरमा १ सय ६२ रनमा रोक्न सफल भयो।

टोलीका लागि सन्दीपले सर्वाधिक ३ विकेट लिए। उनले टप-अर्डरकै तीनवटा ब्याट्सम्यानका विकेट लिएका थिए। उनले ४ ओभर बलिङ गर्दै ३१ खर्चिएका थिए। उनले १३ डट बल पनि फालेका थिए।

जवाफमा १ सय ६३ रनको लक्ष्य मोन्ट्रियालले १८औं ओभरमै पुरा गर्न सफल रह्यो। मोन्ट्रियालका लागि सुनिल नारनले ओपनिङ गर्दै विष्फोटक ६१ रन बनाएका थिए। ६ टोली सम्मिलित प्रतियोगितामा मोन्ट्रियालको यो दोस्रो जित हो।

आफूले खेलेका ५ खेलमा सन्दीपले ८ विकेट लिएका छन्। पहिलो ३ खेलमा १-१ विकेट लिएका सन्दीपले अघिल्लो खेलमा २ विकेट लिएका थिए। १ खेल कम खेलेका सन्दीप प्रतियोगिताको सर्वाधिक विकेट लिने सूचीमा छैठौं स्थानमा छन्।


 

More form the Internet

loading...