Suvadin, Home

Cover Image

'द हन्ड्रेड’–१०० बलको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परे सन्दीप

नेपालका स्टार क्रिकेटर युवा लेगस्पिनर सन्दीप लामिछाने आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा हुने 'द हन्ड्रेड’–१०० बलको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका छन् ।

एजेन्सी । नेपालका स्टार क्रिकेटर युवा लेगस्पिनर सन्दीप लामिछाने आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा हुने 'द हन्ड्रेड’–१०० बलको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका छन् । आगामी २० अक्टोबरमा हुने खेलाडी छनोटका लागि सार्वजनिक गरिएको ड्राफ्टमा ११ देशका खेलाडी पर्न सफल भएका छन् । ड्राफ्टमा सन्दीपसहित १६५ जना विदेशी खेलाडी छन् ।

२० अक्टोबरमा हुने ड्राफ्टमा तलबको आधारमा खेलाडीलाई ७ क्याटागोरीमा वर्गीकरण गरिएको छ। खेलाडीले आफूले नै तलब निर्धारण गरेका थिए । खेलाडीका लागि १ लाख २५ हजार पाउन्ड, १ लाख पाउन्ड, ७५ हजार पाउन्ड, ६० हजार पाउन्ड, ५० हजार पाउन्ड, ४० हजार पाउन्ड र ३० हजार पाउन्ड मूल्य निर्धारण गरिएको छ। एउटा क्याटागोरीबाट १ टिमले २ जना खेलाडी राख्नु पर्ने नियम बनाइएको छ ।

जसमा सन्दीपको १ लाख पाउन्ड (१ करोड ३९ लाख ७८ हजार रुपैयाँ) मूल्य छ । सन्दीपसँगै ७ विदेशी खेलाडीले १ लाख पाउन्ड मूल्य राखेका छन्। जसमा हरवजन सिंह, आन्द्रे रसेल, ग्लेन म्याक्सवेल, रासिद खान, सकिब अल हसन, तमिम एकबाल, साहिद अफ्रिदी, ड्वाइन ब्राभो र केइरन पोलार्ड छन् । ’द हन्ड्रेड’ मा बर्मिङघम फोनिक्स, लन्डन स्पिरिट, म्यानचेस्टर ओरिजिन्स, नर्दन सुपरचार्जर्स, ओभल इन्भिसिबल्स, साउदन ब्रेभ, ट्रेन्ट रकेन्स र वेल्स फायर गरी ८ टिमको सहभागिता रहनेछ । 


 

More form the Internet

loading...