Suvadin, Home

सन्दिपले फेरी रचे अर्को इतिहास 

नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा सबैभन्दा बढी देशमा क्रिकेट खेल्ने खेलाडीको लिस्टमा किर्तिमान बनाएका छन् ।

एजेन्सी । नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा सबैभन्दा बढी देशमा क्रिकेट खेल्ने खेलाडीको लिस्टमा किर्तिमान बनाएका छन् ।

क्रिकेटको चर्चित म्यागेजिन ‘क्रिकेट मन्थ्ली’ को नयाँ सर्वेक्षणअनुसार सन्दीप बढी देशको भ्रमण गर्ने क्रिकेटर बनेका हुन् ।

अक्टोबर २०१८ देखि सेप्टेम्बर २०१९ सम्मको अवधिमा सन्दीप क्रिकेटका लागि बढी देशको भ्रणम गर्ने खेलाडीमा अफगानिस्तानका नाजिबुल्लाह जार्डनसँगै शीर्ष स्थानमा छन् । दुवै जनाले ८ देशमा क्रिकेट खेलिसकेका छन् ।

सन्दीपले अहिलेसम्म भारतको आइपिएल, अस्ट्रेलियाको बिग बास, वेस्ट इन्डिजको सिपिएल, बंगलादेशको बिपिएल, पाकिस्तानको एपिएल, अफगानिस्तानको एपिएल, क्यानडाको ग्लोबल टी–२० र युएईको टी–१० खेलिसकेका छन् ।


 

More form the Internet

loading...