Suvadin, Home

सन्दीपले ईपीएलको दुईवटा खेल खेल्ने

सन्दीपले मंसिर २२ मा विराटनगर वारियर्स र मंसिर २३ मा चितवन टाइगर्स विरुद्ध खेल्नेछन्।

काठमाडौं, १३ मंसिर – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने यूएईमा जारी टी-१० लिगमा खेलिरहेका छन्। सन्दीपले मंसिर २२ देखि शुरु हुने एभरेष्ट प्रिमियर लिग ईपीएलमा ललितपुर प्याट्रियट्सबाट खेल्ने भएका हुन्।

अन्तर्राष्ट्रिय लिगहरूमा छलान मार्दै अाएका सन्दीपले र्इपीएलमा दुर्इ खेल मात्र खेल्ने भएका छन्। अष्ट्रेलियाको बिग ब्यास लिगमा सहभागिता जनाउन सन्दीपले ईपीएलको बाकी खेल गुमाउनु पर्ने भएको हो। ललितपुर प्याट्रियट्सका अध्यक्ष किशोर महर्जनले बुधबार अायोजित पत्रकार सम्मेलनमा सन्दीपले र्इपीएलका बाकी खेल नखेल्ने जानकारी दिएका छन्। सन्दीपले मंसिर २२ मा विराटनगर वारियर्स र मंसिर २३ मा चितवन टाइगर्स विरुद्ध खेल्नेछन्।

सन्दीप दोस्रो खेल खेलेपछि बिग ब्यासमा मेलबर्न स्टार्सबाट खेल्न अष्ट्रेलिया प्रस्थान गर्नेछन्। उनले त्यहाँपनि केहि खेल खेलेर बंगलादेश प्रिमियर लिगमा सहभागिता जनाउन बंगलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनले त्यहाँ सिल्हेट सिक्सर्सबाट खेल्नेछन्।


 

More form the Internet

loading...