Suvadin, Home

रियलको पूर्ण प्रशिक्षकमा सोलारी नियुक्त

निकै खराब प्रदर्शन गरिरहेको रियलले सोलारीको अागमन पश्चात भएको ४ खेलमै जीत दर्ता गर्दै १५ गोल पनि गरिसकेको छ। उनले यसक्रममा मेलिला, रियल भालाडोलिड, भिक्टोरिया प्लेजन र सेल्टा भिगोलाई पराजित गरे।
सान्टियागो सोलारी रियल म्याड्रिड

काठमाडाैं, २७ कात्तिक – एल क्लासिकोमा बार्सिलोना विरूद्ध खराब प्रदर्शन गरेपछि रियल म्याड्रिडले प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेको थिए। रियलले त्यसपछि कार्यवाहकको भूमिका सान्टियागो सोलारीलार्इ चयन गरेको थियो। कार्यवाहकको भूमिका निर्वाह गरेका सान्टियागो सोलारी नै रियलको पूर्ण प्रशिक्षकमा नियुक्त गर्ने भएको छ।

स्पेनिस लिगको नियमअनुसार दुई सातासम्म मात्र कार्यवाहकको भूमिकामा बस्न सकिने प्रावधान अनुसार रियलले सोलारीलार्इ नै नियुक्त गर्ने निर्णयमा पुगेको हो। स्पेनिस फुटबल फेडेरेसनका अनुसार रियलले आइतबार राती सेल्टा भिगोविरुद्ध जित दर्ता गरेसँगै सोलारीको नयाँ सम्झौता बुझाइसकेको छ। क्लबले औपचारिक कार्यक्रम गरेर उनलाई पूर्ण प्रशिक्षकको पदमा नियुक्त गरेको सार्वजनिक गर्नेछ।

निकै खराब प्रदर्शन गरिरहेको रियलले सोलारीको अागमन पश्चात भएको ४ खेलमै जीत दर्ता गर्दै १५ गोल पनि गरिसकेको छ। उनले यसक्रममा मेलिला, रियल भालाडोलिड, भिक्टोरिया प्लेजन र सेल्टा भिगोलाई पराजित गरे। 

रियलको लागि पछिल्लो १ सय १६ वर्षमा नयाँ प्रशिक्षकको लागि यो उत्कृष्ट शुरुवात पनि हो। रियलले लगातार जितको नतिजा कायम राख्ने लक्ष्यसहित सोलारीलाई जिम्मेवारी सुम्पिएको हो। लिगको आठौँ स्थानमा पुगेको रियलले सोलारीको आगमनपछि भने निकै राम्रो प्रदर्शन गरिरहेको छ ।


 

More form the Internet

loading...