Suvadin, Home

एपीएफ र पूर्वाञ्चल फाइनलमा

पूर्वाञ्चलमा जारी साताैं राष्ट्रिय खेलकुद प्रतियाेगिता अन्तर्गतकाे महिला क्रिकेटमा विभागीय टाेली सशस्त्र प्रहरी बल (एपीएफ) र पूर्वाञ्चल फाइनल प्रवेश गरेका छन्। सोमबार भएका सेमिफाइनलमा दुबैले जित निकाल्दै फाइनलमा प्रवेश गरेका हुन्।

काठमाडौं, पुस १२


पूर्वाञ्चलमा जारी साताैं राष्ट्रिय खेलकुद प्रतियाेगिता अन्तर्गतकाे महिला क्रिकेटमा विभागीय टाेली सशस्त्र प्रहरी बल (एपीएफ) र पूर्वाञ्चल फाइनल प्रवेश गरेका छन्। सोमबार भएका सेमिफाइनलमा दुबैले जित निकाल्दै फाइनलमा प्रवेश गरेका हुन्।

पहिलाे सेमिफाइनलमा एपीएफले मध्यपश्चिमाञ्चललाई ८३ रनले पराजित गर्याे। एपीएफले निर्धारित २० अाेभरमा ४ विकेट गुमाएर १ सय २० रन बनायाे। एपीएफकी करूणा भण्डारीले ४५ र सरिता मगरले ४३ रनकाे पारी खेले। त्यस्तै, ज्योति पाण्डेले ११ तथा सीता रानामगरले ८ रन जाेडिन्। मध्यपश्चिमका लागि अनिता चौधरी र शर्मिला मगरले समान २–२ विकेट लिए।

एपीएफका बलरहरूले कसिलाे प्रदर्शन गरेपछि १ सय २१ रनकाे लक्ष्य पछ्याएकाे मध्यपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ३७ रनमात्र बनाउन सक्यो। मध्यमाञ्चलका  कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर बनाउन नसकेपछि उसले निराश बन्नुपर्याे। एपीएफकी करुणा भण्डारीले ३, बिनु बुढामगरले २ र सोनु खडकाले १ विकेट लिए।

त्यसैगरी, साेमबार नै भएकाे अर्काे सेमिफाइनमा टस जितेर पहिले ब्याटिङ गरेकाे पूर्वाञ्चलले २० ओभरमा ३ विकेट गुमाई १ सय १५ रन बनायाे। पूर्वाञ्चलकी काजोल श्रेष्ठको ५५ र रोमा थापाले ३४ रन जोडेपछि पूर्वाञ्चलकाे फाइनल यात्रा तय भयाे।

१ सय १६ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चल १९.४ ओभरमा ५५ रनमै अलआउट भएपछि पूर्वाञ्चल स्वत: फाइनलमा प्रवेश गर्याे।  पूर्वाञ्चलकी सन्तोषी चौधरी र रश्मी चौलागाईंले २–२ विकेट लिए।
 


 

More form the Internet

loading...