Suvadin, Home

साताैं खेलकुद प्रतियाेगिताकाे दाेस्राे दिन सकिँदासम्म पदक तालिकामा विभागीय टाेलीहरूकाे दबदवा कायमै
पदक तालिकामा विभागीय टोलीको बर्चस्व

शुभदिन संवाददाता, काठमाडाैं, पुस ११


पूर्वाञ्चलका विभिन्न जिल्लाहरूमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टाेलीहरूले बर्चस्व कायम गरेका छन्। पदक तालिकामा नेपाली सेना प्रथम, नेपाल प्रहरी दाेस्राे र सशस्त्र प्रहरी बल तेस्राे स्थानमा छ। 

पुस ८ गतेबाट सुरू भएको प्रतियोगिताको दोस्रो दिन सकिँदा आर्मीले १३ स्वर्ण, १४ रजत र ९ कास्य गरि कुल ३६ पदकका पहिलो स्थानमा कब्जा जमाएको छ। 

त्यस्तै पदक तालिकाको दोस्रो स्थानमा रहेकाे नेपाल प्रहरीकाे ९ स्वर्ण, ७ रजत र १४ कास्य गरी कुल ३० पदक छ भने शशस्त्र प्रहरी कुल २२ पदकका साथ तेस्रो स्थानमा रहेको छ। सशस्त्रले ६ स्वर्ण, ७ रजत र १४ कास्य पदक हात पारेको छ। 

दुई हजार एक सय ४२ पदकका लागि भइरहेको खेलमा मध्यमाञ्चल चौथो, मध्यपश्चिमाञ्चल पाचौं, सुदुरपश्चिमाञ्चल छैठौं, पूर्वाञ्चल सातौं र पश्चिमाञ्चल पुछारमा रहेको छ।

 


 

More form the Internet

loading...