Suvadin, Home

विशाल खड्का स्मृति कप फुटबल प्रतियाेगिता
बिर्तामोड युनाइटेडलाई पाखा लगाउँदै सयपत्री फुटबल क्लब अन्तिम चारमा

विजयी टिमका लागि जर्सी नम्बर–१४ का कप्तान कर्ण लिम्बुले दुई तथा जर्सी नम्बर–७ का विशाल रार्इले एक गोल गरेका थिए। कर्णले पहिलो हाफको १७औं र दोश्रो हाफको १८औं मिनेटमा गोल गरे। त्यस्तै, विशालले पहिलो हाफको २१औं मिनेटमा गोल गरेका थिए।
म्यान अफ दि म्याच कर्ण लिम्बु।

उत्तम रिजाल, झापा, माघ २१ – पाँचथरको सयपत्री फुटबल क्बल झापाको कमल गाउँपालिकामा जारी स्वर्गीय विशाल खड्का स्मृति कप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ।

अाइतबार सम्पन्न खेलमा झापाको बिर्तामोड युनाइटेडलाई ३–१ ले पाखा लगाउँदै सयपत्री प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो।

विजयी टिमका लागि जर्सी नम्बर–१४ का कप्तान कर्ण लिम्बुले दुई तथा जर्सी नम्बर–७ का विशाल रार्इले एक गोल गरेका थिए। कर्णले पहिलो हाफको १७औं र दोश्रो हाफको १८औं मिनेटमा गोल गरेका थिए।

त्यस्तै विशालले पहिलो हाफको २१औं मिनेटमा गोल गरेका थिए। यसैगरी, पहिलो हाफमा २–० ले पछि परेको बिर्तामोडका लागि खेल सकिन २ मिनेट बाँकी हुँदा जर्सी नम्बर–१२ का बिक्की चौधरीले गोल गरेका थिए।

आइतबारको खेलको म्यान अफ दि म्याच विजयी टिमका कप्तान कर्ण लिम्बु घोषित भए। उनले नगद दुई हजारसँगै ट्रफी पनि प्राप्त गरे। साेमबार सशस्त्र प्रहरी बल झापा र पथरी फुटबल क्लब मोरङबीच खेल हुने आयोजकका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिएका छन्।

प्रतियोगिताको विजेताले नगद एक लाख एक सय एघार तथा उप–विजेताले नगद पचास हजार पाँच सय पचपन्न रुपैयाँसँगै ट्रफी प्राप्त गर्ने छन्। प्रतियोगिता गुहेश्वरी युवा क्लबले आयोजना गरेको हो।

सयपत्री फुटबल क्लबका खेलाडी।


बिर्तामाेड युनाइटेडका खेलाडी।


 


 

More form the Internet

loading...