Suvadin, Home

Cover Image

सलाहको २ गोलमा लिभरपुलको सहज जित

लिभरपुल । इङ्लिङ प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा लिभरपुलले आर्सनलमाथि सहज जित हात पारेको छ। घरेलु मैदानमा लिभरपुलले बलियो  प्रतिद्वन्द्वी आर्सनलमाथि ३-१ को जित निकालेको हो। 

 लिभरपुलले खेलको ४१औं मिनेटमा जोएल मटिपको गोलबाट अग्रता लिएको थियो। सलाहले ४९ र ५८औं मिनेटमा गोल गरी टोलीलाई ३-० को अग्रता दिलाए।  अन्तिमसम्म ३-० ले पछि परेको आर्सनलका लागि लुकास तोरेइराले ८५औं मिनेटमा सान्त्वना गोल फर्काए।

जितसँगै ३ खेलमा शतप्रतिशत नतिजा निकालेको लिभरपुल अंक तालिकाको शीर्ष स्थान छ। समान ३ खेल खेलेको आर्सनल दोस्रो स्थानमा रहेको छ।  लिभरपुलले अब शनिबार २ खेल खेलेको बर्नले क्लबसँग उसकै मैदानमा खेल्नेछ।


 

More form the Internet

loading...