Suvadin, Home
Bridge Water

मुस्ताङमा अन्तर्राष्ट्रिय स्की दाैड प्रतियोगिता हुने

अन्तर्राष्ट्रिय स्की खेलाडीसमेत रहेका थापाले नेपालका हिमाली क्षेत्रमा स्कीको अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन सम्भव छ भन्ने सन्देश विश्वसामु दिन प्रतियोगिता आयोजना गर्न लागेको बताएका छन्।
स्की दाैड, फाइल तस्वीर।

काठमाडौं, २६ पुस – नेपालका उच्च हिमाली भेगलाई अन्तर्राष्ट्रिय क्षेत्रमा उजिल्याउन स्की खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता गरिने भएको छ। 

सन् २०१८ को अन्तिम सातादेखि मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आयोजना हुने सो प्रतियोगितामा दशभन्दा बढी देशका स्की खेलाडीले अति हिमाली सुन्दरताको आनन्द लिँदै हिँउ कुद्न पाउनेछन्।

हिमालय स्की ट्रेडले संयोजन गर्ने उक्त प्रतियोगिता मुख्य पथप्रदर्शक कृष्ण थापाले गर्ने बुधबार आयोजित पत्रकारसम्मोलनमा जानकारी दिएका छन्। 

अन्तर्राष्ट्रिय स्की खेलाडीसमेत रहेका थापाले नेपालका हिमाली क्षेत्रमा स्कीको अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन सम्भव छ भन्ने सन्देश विश्वसामु दिन प्रतियोगिता आयोजना गर्न लागेको बताएका छन्। 

हरेक वर्ष जनवरीको पहिलो हप्ता उनकाे मुख्य संयोजनमा मुक्तिनाथ, गोसाइँकुण्ड, धौलागिरि क्षेत्रमा स्की तालीमसमेत हुँदै आएको छ। यसपटकको तालीममा नेपालसहित विश्वका ६० भन्दा बढी युवाको सहभागिता रहेको थियो। 

पत्रकारसम्मेलनमा हिमालय स्की ट्रेडका पूर्व प्रबन्ध निर्देशक एवम् स्की खेलाडी ललितबहादुर श्रीसले नेपालका हिमाली क्षेत्र स्की खेलका लागि आकर्षक गन्तव्य रहेको बताएका छन्। नेपालमा स्की खेल प्रबर्द्धन गर्न सहयोग गरिरहेका हिमालय स्की ट्रेडका व्यवस्थापक प्रभात अधिकारीले सरकारले स्की खेलको विकास गर्न सहयोग गर्नुपर्ने विचार राखेका छन्।