Suvadin, Home

तेश्राे दक्षिण एशियाली अन्तर्राष्ट्रिय कराते तथा किक-बक्सिङ च्याम्पियनशीप दिल्लीमा

रानाका अनुसार खेलाडीहरुले एकल काता, पुमिते र टिम काता र टिम कुमिते तथा किक बक्सिङमा प्रतिष्पर्धा गरिरहेका छन्। जापान गोजुरियो कराते डु मिशन संघ नेपालका केन्द्रीय सचिव गिरीप्रसाद पुनले खेलाडीहरुले निकै मिहेनत गरेका कारण धेरैभन्दा धेरै पदक हाशिल गर्नेमा विश्वस्त रहेको बताएका छन्।
तेश्राे दक्षिण एशियाली अन्तर्राष्ट्रिय कराते तथा किक-बक्सिङ च्याम्पियनशीपकाे उद्घाटन कार्यक्रम।

इन्द्रकमल जैरू, नयाँ दिल्ली, १४ पुस – भारतको राजधानी दिल्लीमा तेश्राे दक्षिण एशियाली अन्तर्राष्ट्रिय कराते तथा किक-बक्सिङ च्याम्पियनशीप भइरहेकाे छ।

तालकटौरा स्टेडियममा बिहीबार उद्घाटन गरिएको च्याम्पियनसिपका लागि २० खेलाडीसहित २७ जनाको नेपाली राष्ट्रिय टोली सहभागी छ। खेलाडीहरुलाई २ हप्ताको बन्द प्रशिक्षणमा तालिम दिइएको मुख्य प्रशिक्षक तथा जापान गोजुरियो कराते डु मिशन संघ नेपालका अध्यक्ष एवम् संस्थापक केवी राना काजीले बताएका छन्।

रानाका अनुसार खेलाडीहरुले एकल काता, पुमिते र टिम काता र टिम कुमिते तथा किक बक्सिङमा प्रतिष्पर्धा गरिरहेका छन्। जापान गोजुरियो कराते डु मिशन संघ नेपालका केन्द्रीय सचिव गिरीप्रसाद पुनले खेलाडीहरुले निकै मिहेनत गरेका कारण धेरैभन्दा धेरै पदक हाशिल गर्नेमा विश्वस्त रहेको बताएका छन्।

पुनले २० जना खेलाडीहरुमा ६ जना महिला र १४ जना पुरुष रहेको नेपाली टोलीले विगतमा पुणेमा भएको दक्षिण एशियाली अन्तर्राष्ट्रिय कराते तथा किक-बक्सिङ च्याम्पियनशीपमा पहिलो स्थान हाशिल गरेजस्तै यसपाली पनि उत्कृष्ट स्थान हाशिल गर्ने बताएका छन्। उनले २५ केजीमुनि र २५ केजीमाथि गरी ४ वटा समूहमा नेपाली खेलाडीहरुले प्रतिष्पर्धा गर्ने जानकारी दिएका छन्।

नेपालसँगै भारत, बंगलादेश, श्रीलंका, भूटान लगायतका दक्षिण एसियाली मुलुकका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा नेपाली खेलाडीहरुमा २५ केजीतर्फ शाहिल गुरुङ र प्रियंका थापा ४० केजी, प्रशान्त थापा ३० केजी, र प्रसुन शाही ३५ केजीमा छन्। यसैगरी, १४ वर्ष उमेरतर्फको समूहमा विपीन गुरुङ ३५ केजी, कृतिमा गौतम ४० केजी, रिजन पाण्डे ४० केजी, शिवम् बस्नेत ५० केजी र एलिशा घिमिरे ४० केजी रहेका छन्।

यसैगरी, १७ वर्ष उमेर समूहमा प्रतिष्पर्धा गर्ने खेलाडीहरुमा रोशन राना ५० केजी, सुमन परियार ६० केजी, कनिश्क राना ५५ केजी, सिवानी बस्नेत ४५ केजी, विपना जिएम ५५ केजी र सुष्मा पाण्डे ५० केजीमा रहेका छन्। त्यस्तै १९ वर्षमुनि ७० केजी तौल समूहमा मेखबहादुर घर्तीमगर छन्।

सिनियरतर्फ खुल्ला उमेर समूहमा राजकुमार हरिजन ४५ केजी, विपीन राना ५० केजी, सन्तु चौधरी ५५ केजी र सञ्जय चौधरी ७० केजी रहेका छन्। टिममा संयोजक जापान गोजुरियो कराते डु मिशन संघ रुपन्देहीका अध्यक्ष उमेश थापामगर, व्यवस्थापक केन्द्रीय सचिव गिरीप्रसाद पुन, सहायक व्यवस्थापकमा केन्द्रीय सदस्य भीमसेन थापा रहेका छन्।


 

More form the Internet

loading...