Suvadin, Home

फिफा विश्वकपः
विश्वकपअगावै प्रशिक्षक बर्खास्त, के होला स्पेनको भविष्य?

जुलेन लोपेटेग्वीले युरोपियन च्याम्पियन रियल म्याड्रिडसँग सम्झौता पत्रमा हस्ताक्षर गरेकै कारण बर्खास्त गरिएको स्पेनि फुटबलका महासचिवले बताएका छन्। स्पेनिस फुटबल टोली समस्ता स्पेनियार्डको भएको र विश्वकपको महत्वपूर्ण खेल भन्दा केवल २ दिन अगाडी प्रशिक्षकलार्इ बर्खास्त गर्नु बाध्यता रहेको पनि उनले बताएका छन्।
स्पेनका प्रशिक्षक जुलेन लोपेटेग्वी

काठमाडाैं, ३० जेठ – विश्वकप फुटबल शुरु हुन मात्र १ दिन रहदा स्पेनले प्रशिक्षक जुलेन लोपेटेग्वीलार्इ बर्खास्त गरेको छ। रियल म्याड्रिड तथा बार्सिलोनाका गोलकिपर रहिसकेका ५१ वर्षिय जुलेन लोपेटेग्वीले सन् २०१६ देखि स्पेनको राष्ट्रिय टोलीलार्इ प्रशिक्षण गर्दै अाएका थिए।

मंगलबार स्पेनिस क्लब रियल म्याड्रिडको प्रशिक्षकको भूमिकामा आबद्ध जुलेन लोपेटेग्वीलार्इ स्पनिस फुटबल एसोसिएसनले २४ घण्टा नबित्दै बर्खास्त गरेको हो।

जुलेन लोपेटेग्वीले युरोपियन च्याम्पियन रियल म्याड्रिडसँग सम्झौता पत्रमा हस्ताक्षर गरेकै कारण बर्खास्त गरिएको स्पेनि फुटबलका महासचिवले बताएका छन्। 

स्पेनिस फुटबल टोली समस्ता स्पेनियार्डको भएको र विश्वकपको महत्वपूर्ण खेल भन्दा केवल २ दिन अगाडी प्रशिक्षकलार्इ बर्खास्त गर्नु बाध्यता रहेको पनि उनले बताएका छन्।


 

More form the Internet

loading...