Suvadin, Home

Cover Image

अलाभेस १७ अंक जोड्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा

स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार भएको खेलमा सेल्टा भिगोको मैदानमा १-० को जित दर्ता गर्दै डेपोर्टिभो अलाभेस स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। खेलको ५८ औं मिनेटमा भिक्टर लागुआरडियाको क्रसमा टोमास पिनाले गरेको गोल नै निर्णायक सावित भएको थियो। खेल शुरु हुनुअघि छैटौं स्थानमा रहेको अलाभेसले शीर्ष स्थानमा चढ्न खोजेका अन्य टोलीभन्दा एक खेल बढी खेलेको छ।

काठमाडाैं, ३ कात्तिक – स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार भएको खेलमा सेल्टा भिगोको मैदानमा १-० को जित दर्ता गर्दै डेपोर्टिभो अलाभेस स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।

खेलको ५८ औं मिनेटमा भिक्टर लागुआरडियाको क्रसमा टोमास पिनाले गरेको गोल नै निर्णायक सावित भएको थियो। खेल शुरु हुनुअघि छैटौं स्थानमा रहेको अलाभेसले शीर्ष स्थानमा चढ्न खोजेका अन्य टोलीभन्दा एक खेल बढी खेलेको छ।

शनिबार नै हुने अन्य खेलमा आफू अनुकुल नतिजा निकाले अन्य टोलीले पनि शीर्ष स्थानमा कब्जा जमाउन सक्नेछन्। शनिबार हुने पहिलो खेलमा लेभान्ते र रियल म्याड्रिड भिड्दैछन्। उक्त खेल जितेमा रियल शीर्ष स्थानमा जानेछ। त्यसपछि एटलेटिको म्याड्रिड र भिलारियलको खेलमा म्याड्रिड टोली विजयी भएमा अंक तालिकामा फड्को मार्नेछ।

दिनको अन्तिम खेलमा बार्सिलोना र सेभिल्ला भिड्दा जुन टोलीले जित दर्ता गर्छ, त्यहि टोली शीर्ष स्थानमा पुग्नेछ। निकै प्रतिस्पर्धात्मक सुरुवात पाएको यस लिग सिजनमा सबै टोलीले कम्तिमा एक हार बेहोरिसकेक छन्।

लिग तालिकाः

अलाभेस खेल ९ अंक १७

सेभिल्ला खेल ८ अंक १६

बार्सिलोना खेल ८ अंक १५

एटलेटिको म्याड्रिड खेल ८ अंक १५

रियल म्याड्रिड खेल ८ अंक १४


 

More form the Internet

loading...