Suvadin, Home
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको नयाँ बरियतामा नेपाल एक स्थान उक्लेको छ ।

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको नयाँ बरियतामा नेपाल एक स्थान उक्लेको छ । आइसिसीले सार्वजनिक गरेको महिला टि–ट्वान्टी क्रिकेटको बरियतामा एक स्थान सुधार गर्दै नेपाल १४औं स्थानमा उक्लिएको हो । 

यसअघि आइसिसी बरियतामा नेपाल १५औं स्थानमा थियो । नयाँ बरियताअनुसार नेपालले १७ खेलबाट १२८ रेटिङ पाएको छ । नयाँ बरियतामा अष्ट्रेलिया पहिलो, इङ्ग्ल्याण्ड दोस्रो तथा न्युजिल्याण्ड, वेष्ट इण्डिज र भारत क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

आइसिसीको टि–ट्वान्टी महिला खेलाडीको बरियतामा नेपालकी सीता राना मगर र नेरी थापा समावेश भएका छन् । नेपालकी उपकप्तान सीता अलराउण्डरतर्फ ५८औं स्थानमा अटाएकी छन् भने ब्याटिङतर्फ उनी ८३औं स्थान रहेकी छिन् । बलिङतर्फ पूर्व कप्तान थापा ९२औँ स्थानमा रहेकी छन् ।


 

More form the Internet

loading...