Suvadin, Home

Cover Image

ज्ञानेन्द्र मल्ल बने नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान 

नेपाली क्रिकेट टिमको नेर्तत्व कप्तानी ज्ञानेन्द्र मल्ले पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मल्ललाई आज राष्ट्रिय टिमको कप्तानमा नियुक्त गरेसँगै उनले नेपाली क्रिकेट टिमको नेतृत्व पाएका हुन् ।

काठमाडौं । नेपाली क्रिकेट टिमको नेर्तत्व कप्तानी ज्ञानेन्द्र मल्ले पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मल्ललाई आज राष्ट्रिय टिमको कप्तानमा नियुक्त गरेसँगै उनले नेपाली क्रिकेट टिमको नेतृत्व पाएका हुन् ।

गत असोज २८ गते पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएसँगै नेपाली क्रिकेट टिम नेतृत्व बिहीन बनेको थियो । तत्कालका लागि यसअघि उपकप्तान रहेका ज्ञानेन्द्र मल्ललाई कप्तानमा नियुक्त गरेको क्यानले जनाएको छ ।

अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएको बताइएको छ । 

योसँगै तत्काल हुन लागेको एमसीसीविरुद्धको सिरिज र अर्को निर्णय नहुँदासम्म उनले नेपाली टिमको कप्तानी गर्नेछन् ।

नेपालले घरेलु मैदानमा एमसीसीसँग टी–२०, एक दिवसीय र दुई दिवसीय सिरिज खेल्नेछ ।


 

More form the Internet

loading...