Suvadin, Home

Cover Image

भलिबल बिजेता महिला टिमलाई जनही तीन लाख दिइने

बंगलादेशमा सम्पन्न पहिलो संस्करणको एसियन भलिबल कन्फेरेडेसन (एभिसी) सेन्ट्रल जोन विजेता नेपाली टोलीका पदाधिकारीहरूलाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरिएको छ । 

काठमाडौं ।  बंगलादेशमा सम्पन्न पहिलो संस्करणको एसियन भलिबल कन्फेरेडेसन (एभिसी) सेन्ट्रल जोन विजेता नेपाली टोलीका पदाधिकारीहरूलाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरिएको छ । 

राष्ट्रिय खेलकुद परिषद्ले जनही उनीहररूलाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेको हो । उनीहरूलाई हौसला प्रदान गर्ने उद्देश्यले जनही तीन लाख दिने घोषणा गरिएको राखेपका सदस्य सचिव रमेश सिलवालले जानकारी दिए । 

खेल जितेर नेपाली टोली आजबार स्वदेश फर्कि सकेको छ । स्वदेश फर्किने क्रममा महिला भलिबल टोलीलाई भव्य स्वागत गरिएको थियो ।

खेलाडीलाई स्वागत गर्न पूर्व खेलकुद मन्त्री दलजित श्रीपाइली, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, नेपाल भलिबल संघका पदाधिकारी तथा खेलप्रेमीहरू विमानस्थलमा पुगेका थिए ।

गत बिहीबार भएको फाइनलमा नेपाली महिला टोलीले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तर्राष्ट्रिय उपाधि चुम्न सफल भएको थियो । 


 

More form the Internet

loading...