Suvadin, Home

सागका लागि नेपाल प्रहरीबाट ९२ जना खेलाडी तथा प्रशिक्षक छनोट

१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताका लागि नेपाल प्रहरीको तर्फबाट ९२ जना खेलाडी तथा प्रशिक्षाक छनोट भएका छन् ।

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद(साग) प्रतियोगिताका लागि नेपाल प्रहरीको तर्फबाट ९२ जना खेलाडी तथा प्रशिक्षाक छनोट भएका छन् ।

नेपाल प्रहरीका अनुसार मंसिर १५ देखि २४ गतेसम्म हुने सागमा हुने विभिन्न स्पर्धाका लागि प्रहरीका ४४ जना महिला र ४८ जना पुरुष गरी ९२ जना खेलाडी तथा प्रशिक्षकहरु छनोट भएका हुन् ।

प्रतियोगितामा पुरुष फुटबल, महिला फुटबल, पुरुष भलिबल, महिला भलिबल, एथलेटिक्स, भारोत्तोलन, बक्सिङ, सुटिङ, जुडो, कराँते, तेक्वान्दो, ब्याडमिन्टन, टेवलटेनिस, उसु, क्रिकेट, महिला कबड्डी, आर्चरी, कुश्ती र महिला बास्केटबल गरी १९ खेलमा नेपाल प्रहरीले सहभागिता जनाउने भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।


 

More form the Internet

loading...