Suvadin, Home

राष्ट्रपतिबाट सागको भव्य उद्घाटन

१३औँ दक्षिण एशियाली खेलकुद सागको राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गरेकी छन् । 

काठमाडौं । १३औँ दक्षिण एशियाली खेलकुद सागको राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गरेकी छन् । 

उद्‍घाटन समारोहमा सबै देशका खेलाडी तथा कर्मचारीले आ–आफ्नो देशको झण्डासहित मार्चपास गरेका थिए ।

उद्घाटनको मार्च पासमा नेपालको राष्ट्रिय झण्डा भारोत्तोलनका कमलबहादुर अधिकारीले बोकेका थिए । 

कार्यक्रममा स्वागत मन्तव्य दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले गरेका थिए । 

यस्तै साग मूल आयोजक समितिका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले साग जस्तो विशिष्ट खेलकुद प्रतियोगिता आयोजन गर्न पाउनु नेपालको लागि गर्वको क्षण भएको बताए ।

यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले चुनौतीका बावजुद भूकम्पले ध्वस्त बनाएका संरचना मर्मत गरेर साग आयोजना गर्न सकिएकोमा खुसी व्यक्त गरे । 


 

More form the Internet

loading...