काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको पुरुष कुमुतेमा नेपालले स्वर्ण पदक जितेको छ । नेपालका लागि लक्ष्मण तामाङले पहिलो स्वर्ण जितेका हुन् ।
५५ केजी तौल समूहमा लक्ष्मणले बंगलादेशका मोहम्मद मस्तोफालाई १-० ले पराजित गरे ।
सेमिफाइनलमा उनले श्रीलंकाका वार्नाकुला सूर्यलाई पराजित गरेका थिए । योसँगै नेपालले सागमा जितेको स्वर्णको संख्या ७ पुगेको छ ।