Suvadin, Home

अञ्जली चन्दले राखिन क्रिकेटमा विश्व कीर्तिमान 

१३‍औं सागमा माल्दिभ्स विरुद्धको खेलमा नेपालकी अञ्जली चन्दले विश्व कीर्तिमान बनाएकी छन् ।

काठमाडौं । १३‍औं सागमा माल्दिभ्स विरुद्धको खेलमा नेपालकी अञ्जली चन्दले विश्व कीर्तिमान बनाएकी छन् ।

चन्दले एक रन पनि नदिई ६ विकेट लिँदै विश्‍व किर्तिमान बनाएकी हुन् । सातौं ओभरमा बलिङ गर्न आएकी चन्दले मेडन ओभरमा तीन विकेट लिइन् । यसपछि नवौं ओभरमा दुई विकेट लिइन् । नवौं ओभरमा पनि मेडन नै राखिन् ।

एघारौं ओभरमा आएकी चन्दले थप एक विकेट लिँदै ह्याट्रिक पूरा गरिन् । अहिलेसम्म कुनै पनि क्रिकेटरको नाममा यो कीर्तिमान छैन । 

१०.१ ओभरमा १६ रन जोडेको माल्दिभ्सलाई नेपालले बिना विकेटको क्षतिमा ०.५ ओभरमै हराउँदै विजयी सुरुआत गरेको छ । 


 

More form the Internet

loading...