Suvadin, Home

Cover Image

पुरुष फुटबलमा भुटान विजयी

१३औं सागको पुरुष फुटबलअन्तर्गतको पहिलो खेलमा भुटानले विजयी शुरुआत गरेको छ ।

काठमाडौं । १३औं सागको पुरुष फुटबलअन्तर्गतको पहिलो खेलमा भुटानले विजयी शुरुआत गरेको छ ।

दशरथ रंगशालामा आज भएको खेलमा भुटानले बंगलादेशलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

भुटानका कप्तान चेन्कोले ६४औं मिनेटमा गरेको गोल नै उसका लागि निर्णायक बन्यो । जितसँगै भुटानले तीन अंक जोडेको छ ।

सोमबार साँझ पाँच बजे माल्दिभ्स र श्रीलंकाबीच अर्को खेल हुने छ ।


 

More form the Internet

loading...