Suvadin, Home

Cover Image

१३औं साग : एकैदिन नेपालले जित्यो १५ स्वर्ण 

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले आज १५ वटा स्वर्ण पदक जितेको छ ।

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले आज १५ वटा स्वर्ण पदक जितेको छ ।

नेपालले आज एकैदिन १५ वटा स्वर्ण पदक जितेको हो । नेपालले सोमबार तेक्वान्दोमा सातवटा स्वर्ण हात पारेको हो भने एक रजत र एक कास्य पदक पनि जितेको छ ।

कराँतेमा पनि नेपालले सातवटा स्वर्ण हात पारेको छ भने दुई रजत पदक हात पारेको छ ।

यस्तो छ नेपालले जितेका स्वर्णपदक तालिका

तेक्वान्दो

- पुरुष एकल पुम्से (२३-२९ वर्ष): कमल श्रेष्ठ

- महिला एकल पुम्से (१७-२३ वर्ष): सिना मादेन लिम्बु

- महिला पुम्से (२३–२९ वर्ष): पार्वती गुरुङ

- महिला एकल पुम्से (२९ वर्षमाथि): आयशा शाक्य 

- पुम्से जोडीः आयशा शाक्य र सञ्जिव कुमार ओझा

- महिला पुम्से टिम: निशा दर्नाल, स्वस्तिका तामाङ र संजिला तिमल्सिना (१७ देखि २३ वर्षसम्मको समूह)

- महिला पुम्से टिम: निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई (२३ देखि २९ वर्षसम्मको समूह)

कराँते

- एकल काताः मन्डेकाजी श्रेष्ठ

- महिला टिम काता

- पुरुष टिम काता

- पुरुष कुमुते ५५ केजीः लक्ष्मण तामाङ

- पुरुष कुमुते ८४ केजीमाथिः विप्लवलाल श्रेष्ठ

- महिला कुमुते ४५ केजीमाथिः कुशुम खड्का

- कुमुते महिला ५० केजीमुनि: अनु अधिकारी

ट्रायथ्लन

- ट्राइथ्लन महिलाः सोनी गुरुङ


 

More form the Internet

loading...