Suvadin, Home

श्रीलंकाद्वारा नेपाल ६ विकेटले पराजित

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा  श्रीलंकाले नेपाललाई ६ विकेटले पराजित गरेको छ । 

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा  श्रीलंकाले नेपाललाई ६ विकेटले पराजित गरेको छ । 

नेपालले पहिले व्याटिङ् गर्दै श्रीलंकालाई १७३ रनको लक्ष्य दिएको थियो । श्रीलंकाले १९ दशमलव १ ओभरमा चार विकेटको नोक्सानीमा नेपालले दिएको लक्ष्य भेटायो ।  

श्रीलंकाको जितमा सम्मु असम नायक बने । उनले ४४ बलमा ७२ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।

यसअघि निर्धारित २० ओभरमा नेपालले ५ विकेटको क्षतिमा १७२ रन जोडेको थियो । 

नेपालका दीपेन्द्र ऐरीले अर्धशतकीय पारी खेले । उनले अवजित ७२ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल २१ रन, विनोद भण्डारी २० रन, आरिफ सेख १९ रन, पवन सर्राफ २२ रन तथा पूर्वकप्तान पारस खड्का १ रन मात्रै बनाउन सके । करन केसीले नटआउट १ रन बनाए । 


 

More form the Internet

loading...