Suvadin, Home

उज्बेकिस्तानसामु नेपाल २–० ले पराजित

किर्गिस्तानमा जारी नादेझ्दा कपअन्तर्गत सोमबार भएको समूह चरणको दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग  पराजित भएको छ । नेपाललाई उज्बेकिस्तानले २–० ले पराजित गरेको हो ।

काठमाडौं । किर्गिस्तानमा जारी नादेझ्दा कपअन्तर्गत सोमबार भएको समूह चरणको दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग  पराजित भएको छ । नेपाललाई उज्बेकिस्तानले २–० ले पराजित गरेको हो ।

सुरुमा निकै प्रतिस्पर्धात्मक खेल खेले पनि नेपालले ३४औं मिनेटमा पहिलो गोल खाएको थियो । त्यसपछि रक्षात्मक बनेको नेपाललाई उसले फेरी दोस्रो हाफको सुरुमै अर्को गोल गरेर अग्रता लियो ।

नेपालका लागि खेलको १४औं मिनेटमा कप्तान निरु थापा घाइते भएर मैदानबाट बाहिरिएकी थिइन् ।

नेपालले अब फाइनल प्रवेशका लागि मंगलबार ताजिकिस्तानसँग खेल्ने छ । 


 

More form the Internet

loading...