Suvadin, Home

सावित्राको नाममा सर्वाधिक गोल कर्ताको कीर्तिमान

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारीको नाममा सर्वाधिक गोल कर्ताको कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय गोलको संख्या थप्दै उनले नयाँ कीर्तिमानी रचेकी हुन् ।

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारीको नाममा सर्वाधिक गोल कर्ताको कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय गोलको संख्या थप्दै उनले नयाँ कीर्तिमानी रचेकी हुन् ।

१३ औं साग अन्तर्गत बिहीबार माल्दिभ्सविरुद्ध गोल गर्दै सावित्राले नेपालको लागि ३७औं गोल पूरा गर्दै कीर्तिमान रचेकी हुन् । यसअघि ३५ गोल गरेकी नेपाली महिला स्टार अनु लामाको नाममा यो कीर्तिमान थियो । उनले अनुको नाममा रहेको कीर्तिमान भंग गरेकी हुन् । 

उनले आज माल्दिभ्सविरुद्धको खेलमा २ गोल गरेकी थिइन् । योसँगै उनी सर्वाधिक गोल कर्ता नेपाली महिला खेलाडी बनेकी छन् । 


 

More form the Internet

loading...