Suvadin, Home

पुरुष क्रिकेटमा माल्दिभ्सलाई पराजित गर्दै नेपाल विजयी

१३औं दक्षिण एसियाली खेलुकद (साग) अन्तर्गतको पुरुष क्रिकेटमा  नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । आज भएको खेलमा टस जितेर व्याटिङ रोजेको नेपालले माल्दिभ्सलाई ८४ रनले हराएको हो । 

काठमाडौं । १३औं दक्षिण एसियाली खेलुकद (साग) अन्तर्गतको पुरुष क्रिकेटमा  नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । आज भएको खेलमा टस जितेर व्याटिङ रोजेको नेपालले माल्दिभ्सलाई ८४ रनले हराएको हो । 

नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्स पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा ७९ रन मात्र बनाउन सक्यो । 

नेपालका लागि करण केसीले नटआउट ४० रन, दिपेन्द्रसिंह ऐरीले ३९ रन, कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले  १९–१९ रनको योगदान दिएका थिए । नेपालका सुसन भारी र ललितनारायण राजवंशीले दुईदुई विकेट लिएका थिए भने पवन सरार्फले एक विकेट लिए । 


 

More form the Internet

loading...