Suvadin, Home

नेपाली महिला टोली उज्वेकिस्तानसँग ३-२ ले पराजित

नेपाली महिला फुटबल टोली उज्वेकिस्तानसँग पराजित हुँदै इतिहास रच्नबाट चुकेको छ । पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जित्दै इतिहास रच्ने दाउमा रहेको नेपालको सपना उज्वेकिस्तानसँग पराजित हुँदा चकनाचुर बन्यो ।

एजेन्सी । नेपाली महिला फुटबल टोली उज्वेकिस्तानसँग पराजित हुँदै इतिहास रच्नबाट चुकेको छ । पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जित्दै इतिहास रच्ने दाउमा रहेको नेपालको सपना उज्वेकिस्तानसँग पराजित हुँदा चकनाचुर बन्यो ।

किर्गीस्तानमा सम्पन्न नादेझ्दा कप फुटबलको बिहीबार भएको फाइनल खेलमा नेपाली राष्ट्रिय फुटबल टोली उज्वेकिस्तानसँग ३-२ ले पराजित भयो । 

उज्वेकिस्तानको जितका लागि काराचिक लुड्मिलाले दुई तथा नोजिमोभा दिलडोराले एक गोल गरिन् । नेपालका लागि सावित्रा भण्डारीले दुई गोल फर्काइन् । 

खेलको ३९ औं मिनेटमा काराचिक लुड्मिलाले गोल गर्दै उज्वेकिस्तानलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । बुर्खोनोभा काराचिक लुड्मिलाले मालिकाको पासमा गोल गरेकी थिइन् । त्यसपछि दोस्रो हाफमा उज्वेकिस्तानले थप दुई गोल गर्दा नेपालले पनि थप दुई गोल फर्काएको थियो । 

खेलको ५५ औं मिनेटमा नोजिमोभा दिलडोराले गोल गर्दै उज्वेकिस्तानको अग्रता दोब्बर पारीन् । ६४ औं मिनेटमा काराचिक लुड्मिलाले व्यक्तिगत दोस्रो गोल गर्दै उज्वेकिस्तानलाई ३–० को अग्रता दिलाइन् । 

६७ औं मिनेटमा सावित्राले एक गोल फर्काइन् । उनले सरु लिम्बुको पासमा गोल गरेकी हुन् । खेलको अन्तिम समयमा सावित्राले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याइन् । तर, त्यसपछि नेपालले थप गोल गर्न नसक्दा उज्वेकिस्तानसँग पराजित हुन पुग्यो । यसअघि ५३ औं मिनेटमा सरु लिम्बुको प्रहार क्रसबारमा लाग्दै फर्किएपछि नेपाल बराबरी गर्नबाट चुकेको थियो । ८६ औं मिनेटमा सावित्राले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल अग्रता घटाउनबाट बन्चित रह्यो ।


 

More form the Internet

loading...