Suvadin, Home

पुरुष फुटबलमा माल्दिभ्सलाई २–१ ले हराउँदै नेपाल विजयी 

१३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपाल विजयी बनेको छ । माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपाल विजयी बनेको हो ।

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपाल विजयी बनेको छ । माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपाल विजयी बनेको हो ।

खेलको १८औं मिनेटमा मालदिभ्सका इब्राहिम गोल गरेका थिए । नेपालका लागि अभिषेक रिजालले पहिलो हाफको अन्त्यमा बराबरी गोल फर्काए ।

त्यसपछि नेपालले दोस्रो हाफको सुरुमै अर्को गोल गरेर एक गोलको अग्रता लियो । नेपालका लागि दोस्रो गोल अनन्त तामाङले गरेका थिए । जुन गोल नेपालका लागि निर्णायक बन्न पुग्यो । 

अबको खेल नेपालले भोली ब‌ंगलादेशसँग खेल्नेछ ।


 

More form the Internet

loading...