Suvadin, Home

गौरिकाको कीर्तिमान : पौडीबाट जितिन् चौथो स्वर्ण 

१३औं सागमा गौरिका सिंहले पौडीबाट नेपाललाई चौथो स्वर्ण पदक दिलाएकी छन् । 

काठमाडौं ।  १३औं सागमा गौरिका सिंहले पौडीबाट नेपाललाई चौथो स्वर्ण पदक दिलाएकी छन् । 

सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा गौरिकाले महिलातर्फ सय मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितेकी हुन् । गौरिकाले ५८.१३ सेकेण्डको समयमा उक्त दूरी चुमेकी हुन् । 

उक्त प्रतिस्पर्धामा भारतकी शिवांगी शर्माले रजत पदक जितेकी छन् ।  योसँगै एउटै सागमा चार स्वर्ण पदक जितेर गौरीकाले कीर्तिमान रचेकी छन् ।

यसअघि उनले ४ सय मिटर फ्रीस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितिसकेकी छन् । 


 

More form the Internet

loading...