Suvadin, Home

पीपीएल : विराटनगरलाई ३६ रनले पराजित गर्दै काठमाडौं विजयी

पोखरा प्रिमियर लिग (पीपीएल) मा काठमाडौं गोल्डेन वारियर्ससँग विराटनगर टाइटन्स ३६ रनले पराजित भएको छ। 

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) मा काठमाडौं गोल्डेन वारियर्ससँग विराटनगर टाइटन्स ३६ रनले पराजित भएको छ। 

आज भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५९ रन बनाउँदै विराटनगरलाई १६० रनको लक्ष्य दिएको थियो । जवाफमा उत्रिएको विराटनगर १९.४ ओभरमा १२३ रन बनाउँदै अलआउट भयो ।

ओपनरद्वय महम्मद जैद आलम र सुनिल धमला क्रिजमा टिक्न नसकेपछि विराटनगर सुरुदेखि नै दवावमा रह्यो । ओपनर ब्याट्सम्यान दुबै १-१ रनमै आउट हुन पुगे ।

त्यसपछि ब्याटिङमा आएका कप्तान प्रदीपसिंह ऐरीले २७ बलमा २९ रन जोडे । त्यस्तै आठौं क्रममा आएका पुनित मेह्राले अर्धशतक बनाउँदै स्कोरलाई सम्मानजनक स्थितिमा पुर्‍याए । उनले ३ छक्का र ३ चौकाको मद्दतमा सर्वाधिक ५३ रन जोडे। नोमान खानले २५ रन जोड्दा अन्य ब्याट्स्म्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

काठमाडौंलाई जित दिलाउन सुबोध भाटीले ३ विकेट लिए । त्यस्तै वसन्त रेग्मी र अमर रौटेलाले समान २-२ विकेट हात पारे ।

यसअघि ब्याटिङ गरेको काठमाडौंका लागि जयक्रिशन कोल्सावालाले सर्वाधिक ५५ रनको योगदान गरे । उनले २ छक्का र ५ चौका प्रहार गरे । त्यस्तै विष्फोटक ब्याटिङ गरेका कप्तान ज्ञानेन्द्र मल्लले ३३ बलको सामना गर्दै ४५ रन बनाए । अमित श्रेष्ठले १७ रन जोड्दा सुबोथ भाटीले १४ र अदिल खानले १३ रन जोडे ।

विराटनगरका लागि पुनित मेह्राले २ विकेट लिए भने नोमान खानले १ विकेट हात पारे । त्यस्तै किशोर महतो र जीतेन्द्र मुखियाले १/१ विकेट हात पारे ।


 

More form the Internet

loading...