Suvadin, Home

Cover Image

बुटवल सामु धनगढी ७ विकेटले पराजित

पोखरा प्रिमियर लिग (पीपीएल) मा आज भएको खेलमा धनगढी ब्लुजलाई ७ विकेटले पराजित गर्दै बुटवल ब्लास्टर्सले तेस्रो जित निकालेको छ। 

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) मा आज भएको खेलमा धनगढी ब्लुजलाई ७ विकेटले पराजित गर्दै बुटवल ब्लास्टर्सले तेस्रो जित निकालेको छ। 

बुटवलले टस जितेर फिल्डिङ रोजेपछि धनगढीले पहिलो ब्याटिङ गरेको थियो। धनगढीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४० रन बनाएको थियो। १४१ रनको लक्ष्य पछ्याएको बुटवलले १६.४ ओभरमै ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।

बुटवलको जितका लागि ओपनर अफ्तबुदिन अहमदले अर्धशतकीय पारी खेलेका थिए । उनले २३ बलको सामना गर्दै ७ छक्का र १ चौकाको मद्दतमा ५२ रन जोडे । हर्ष टंकले ४० रनको योगदान गरे भने शंकर रानाले २५ रन बनाए । त्यस्तै शिवम सिंहले १५ र भिम सार्कीले ७ रनको योगदान जोडे ।

धनगढीका लागि अनिल खरेलले २ विकेट लिए भने दीपक पुनियाले १ विकेट हात पारे ।

यसअघि ब्याटिङ गरेको धनगढीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका थिए । उनले २ छक्का र ६ चौका हिर्काउँदै ६१ रन जोडेका थिए । त्यस्तै सन्दीप जोराले ३९ रन बनाएका थिए भने सौरभ खनालले १० रन जोडेका थिए । तर अन्य ब्याट्स्म्यान भने दोहोरो अंक बनाउन सकेनन् । 

मध्यम योगफलमै समेट्न बुटवलका लागि अबिनाश बोहराले ४ विकेट लिए । ३.५ ओभर बलिङ गरेका उनले २६ रन खर्चिए । त्यस्तै ललित भण्डारीले ३ विकेट हात पारे भने सोमपाल कामीले १ विकेट हात पारे ।


 

More form the Internet

loading...