Suvadin, Home

Cover Image

लिग चरणबाटै बाहिरियो पोखरा पल्टन

पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत पोखरा पल्टन प्रतियोगिताबाट बाहिरिएको छ । अघिल्लो संस्करणको विजेता पोखरा यसपाली भने लिग चरणबाटै बाहिरिन पुगेको हो ।

कास्की । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत पोखरा पल्टन प्रतियोगिताबाट बाहिरिएको छ । अघिल्लो संस्करणको विजेता पोखरा यसपाली भने लिग चरणबाटै बाहिरिन पुगेको हो ।

लिगको अन्तिम खेलमा धनगढीसँग ५ विकेटले पराजित भएपछि पोखराको यात्रा समाप्त भएको हो । 

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६ ओभर ३ बलमा ७९ रन बनाउँदै अलआउट भयो ।

सात रनमा पहिलो विकेट गुमाएको पोखराले २० रन बनाउँदा तीन विकेट गुमाउन पुग्यो । ५४ रनमा चार विकेट खेर फालेको पोखराले ७१ रन हुँदा ८ विकेट गुमायो । अन्ततः ७९ रनमा अलआउट भयो । 

पोखराका लागि आसिफ शेखले सर्वाधिक ३२ रन बनाए । कुशल भुर्तेल ६ रनमा आउट भए भने कप्तान शरद भेषवाकर चार तथा रविइन्दर सिंहले खाता खोल्न सकेनन् । यस्तै विनोद भण्डारी १२ रनमा आउट हुँदा कुशल मल्ल दुई, कृष्ण कार्की एक र रोहित पोडेलले खाता खोल्न सकेनन् ।

पोखरालाई सस्तैमा समेट्न अनिल खरेलले तीन तथा सागर ढकाल र दीपक पुनीयाले दुई–दुई विकेट लिए ।

धनगढीले ९ ओभर १ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । 


 

More form the Internet

loading...