Suvadin, Home

Cover Image

चितवनले उचाल्यो पोखरा प्रिमियर लिगको उपाधि

नमस्ते पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजले उचालेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनले पराजित गरेको हो ।

पोखरा । नमस्ते पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजले उचालेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनले पराजित गरेको हो ।

बिराटनगरका लागि पोखराले २०३ रनको विशाल लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याएको बिराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र जोड्न सक्यो ।

विराटनगरका लागि ओपनिङमा आएका मोहम्मद जायद आलमले ४८ बलमा ५ चौका र ३ छक्काको मदत‍मा ५७ रन बनाए । सुनिल धमलाले ४ बलमा ४ रन बनाए । लोकेश बम २ बलमा १ रन बनाएर आउट भए । 

नोमन खान १८ बलमा १८ रन बनाउँदा रनआउट भए । पुनित मेहराले २ चौका र ३ छक्काको मदतमा १३ बलमा ३२ रन बनाए । २ बल खेलेका दिलिप नाथ शून्यमै आउट भए । कप्तान प्रदीप सिंह ऐरीले २५ बलमा ३ चौका र १ छक्काको मदतमा ३६ रन बनाए ।

चितवनका लागि करण केसीले तीन विकेट लिए । सन्नी पटेलले दुई साथै रोहन मुस्तफाले एक विकेट लिए । 

चितवनका लागि अनिल कुमार साह र रोहन मुस्तफाले अर्धशतक बना ए। अनिलले ३३ बलमा अर्धशतक बनाएका हुन् । उनले ३ चौका ३ छक्का हाने। रोहन मुस्तफाले ४२ बलमा अर्धशतक हानेका हुन् । उनले ३ चौका १ छक्का हाने ।

चितवनका कप्तान पारस खड्काले ११ बलमा ४ चौका र १ छक्कासहित २५ रन बनाए । बाबर हयात ५ बलमा ५ रन बनाएर आउट भए । आरिफ शेखले ११ बलमा १९ रन बनाए । उनले १ चौका २ छक्का हाने । अविजित रहेका सन्नी पटेलले ८ बलमा १६ रन साथै करण केसीले ८ बलमा २६ रन हाने ।

विराटनगरका पुनित मेहरा र मोहम्मद जायद आलमले दुई–दुई विकेट लिए । किशोर महतोले एक विकेट लिए । 

पिपिएल विजेताले २७ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् । साथै उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइँदै छ। जसमा म्यान अफ दि सिरिज, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान रहने छन् ।


 

More form the Internet

loading...