Suvadin, Home

Cover Image

सन्दीपको टिम मेलबर्नको तेस्रो जित

नेपाली राष्ट्रिय क्रिकेट टोलिका लेग ब्रेक स्पिनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले बिग ब्यास लिग क्रिकेटमा तेस्रो जित निकालेको छ । 

 काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलिका लेग ब्रेक स्पिनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले बिग ब्यास लिग क्रिकेटमा तेस्रो जित निकालेको छ । 

सोमबार भएको खेलमा मेलबर्नले होबर्ट हुरिकेन्सलाई डकवर्थ लेविस (डिएल) मेथोडको आधारमा ४ रनले पराजित गर्दै जित निकालेको हो । टस हारेर होबर्टले पहिले ब्याटिङ गरिरहेको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो ।

पछि ११ ओभरमा छोट्याइएको खेलमा ८० रनको लक्ष्य पक्ष्याएको मेलबर्नले ७‍.३ ओभरमा ३ विकेट गुमाएर ५५ रनमा खेलिरहदाँ वर्षा भएको थियो ।  त्यसपछि भारी वर्षा नरोकिएपछि खेल डिएल मेथोडमा मेलबर्नले होबर्टलाई ४ रनले पराजित गरेको हो ।

यसअघि तेस्रो खेलमा मेलबर्न एडलाइड स्ट्राइकर्ससँग ५ रनको झिँनो अन्तरले पराजित भएको थियो । तर मेलबर्नले यसअघि होबर्ट हुरिकेन्सलाई नै ५२ रनले पराजित गरेको थियो । त्यस्तै, ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको थियो ।


 

More form the Internet

loading...