Suvadin, Home

Cover Image

टी–२० विश्व वरीयतामा नेपालको स्थान यथावत्

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–ट्वान्टी विश्व वरीयतामा नेपाल १२औं स्थानमा यथावत् रहेको छ ।

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–ट्वान्टी विश्व वरीयतामा नेपाल १२औं स्थानमा यथावत् रहेको छ ।

आइसिसीले आज सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल टी-ट्वान्टीतर्फ १२औं स्थानमै रहन सफल भएको हो । यसअघि पनि नेपाल १२औं स्थानमा नै थियो ।

टी–२० को विश्व वरीयतामा पाकिस्तान पहिलो, अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छ ।

खेलाडी वरीयताअन्तर्गत् ब्याटिङतर्फ पारस खड्का दुई स्थान तल झरेर ६२औं स्थानमा पुगेका छन् ।

यसैगरी, बलिङतर्फ सन्दीप लामिछाने पनि दुई स्थान तल झर्दै ८५औं स्थानमा रहेका छन् ।

अलराउन्डरतर्फ पारस २७औं, सोमपाल कामी ६५औं तथा करण केसी ७५औं स्थानमा रहेका छन् ।


 

More form the Internet

loading...