Suvadin, Home

Cover Image

उद्‍‍घाटन खेलमा नेपाल ओमनसँग भिड्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै आइसिसी वर्ल्डकप लिग-२ प्रतियोगिताको उद्‍‍घाटन गर्ने भएको छ ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै आइसिसी वर्ल्डकप लिग-२ प्रतियोगिताको उद्‍‍घाटन गर्ने भएको छ ।

 कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलिदेखि सुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि ओमन र अमेरिका नेपाल आइसकेका छन् । नेपालले आफ्नो उद्घाटन खेलमा ओमनलाई पराजित गर्दै जीत निकाल्ने लक्ष्यसहित मैदानम उत्रनेछ ।

यही माघ २९ गतेसम्म चल्ने खेलमा नेपाल, ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् । जसमा कूल ६ खेल हुनेछन् । हरेक टोलीले समान दुई-दुई खेल खेल्नेछन् ।

नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ मा खेल्नेछ । त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ गते खेल्नेछ ।

त्यस्तै लिग दुईमा नेपालसहित स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका छन् । नेपालबाहेक अन्य राष्ट्रहरुले आफ्नो पहिलो खेल खेलिसकेका छन् । अहिलेसम्म अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ । आठ खेल खेलेको अमेरिकाले ६ खेलमा जित निकाल्दै १२ अंक हात पारेको छ। त्यस्तै स्कटल्यान्डले नौ अंक जोड्दै दोस्रो स्थानमा छ भने आठ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छ ।

समान आठ अंक नै जोडेको ओमन तालिकाको चौँथो स्थानमा छ भने सात अंक रहेको युएई पाँचौ र अंकविहीन रहेको पपुवा न्युगिनी छैटौँ स्थानमा छ । नेपालले भने पहिलो खेल खेल्न लागेको हो ।


 

More form the Internet

loading...