Suvadin, Home

Cover Image

डेब्यु खेलबाटै कुशलले बनाए विश्व कीर्तिमान 

नेपाली खेलाडी कुशल मल्ल ओडीआई क्रिकेटमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छो खेलाडी बनेका छन् । नेपालको राष्ट्रिय टीममा डेब्यु गरेका कुशल मल्लले पहिलो खेलमै अर्धशतक बनाएर विश्व कीर्तिमान राखेका हुन् । 

काठमाडौं । नेपाली खेलाडी कुशल मल्ल ओडीआई क्रिकेटमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छो खेलाडी बनेका छन् । नेपालको राष्ट्रिय टीममा डेब्यु गरेका कुशल मल्लले पहिलो खेलमै अर्धशतक बनाएर विश्व कीर्तिमान राखेका हुन् । 

कीर्तिपुरमा चलिरहेको आइसीसी विश्वकप क्रिकेट लिग टू मा अमेरिकासँग खेलिरहेका कुशलले ४९ बलमा ४ चौका र ३ छक्कासहित ५० रन पूरा गरेका हुन् । 

यसअघि एक दिवसीय क्रिकेटमा कान्छो उमेरमा अर्धशतक बनाउने कीर्तिमान रोहित कुमार पौडेलको नाममा थियो । 

रोहितले १६ वर्ष र एक सय ४६ दिनको उमेरमा अर्धशतक प्रहार गरेका थिए भने कुशल आज १५ वर्ष ३ सय ४० दिनका भएका छन् । 


 

More form the Internet

loading...