नेपालले ओमानलाई दियो २५० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानलाई २५० रनको लक्ष्य दिएको छ । कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकीय पारीमा नेपालले ओमानलाई २५० रनको विशाल लक्ष्य दिएको हो ।
कीर्तिपुर मैदानमा जारी एक दिवसीय सिरिजमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २४९ रन बनायो ।
पूर्वकप्तान पारस खड्काले एक छक्का र चार चौका सहित ३८ रन जोडे भने बिनोद भण्डारीले ३५ रन जोडे । आरिफ शेख र कुशल मल्लले २८–२८ रन जोडे । करण केसी १० रनमा आउट भए भने सन्दीप लामिछाने १० रनमा अविजित रहे ।
विकेटको क्षतिमा नेपालले २४९ रन जोड्दा कमलसिंह ऐरी ९ रनमा अविजित रहे । नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन् ।
ओमानका लागि खवार अलीले ४ विकेट लिए भने मोहम्मद नादिमले तीन विकेट लिए । नादिमकै बलमा नेपालका विनोद भण्डारी रनआउट भएका थिए ।