Suvadin, Home

Cover Image

ओमानसँग नेपाल पराजित

आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल ओमानसँग पराजित भएको छ । नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो । 

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल ओमानसँग पराजित भएको छ । नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो । 

आइतबार त्रिवि क्रिकेट मैदानमा भएको ओमानसँगको दोस्रो खेलमा पनि नेपाल पराजित भएको हो । पहिले ब्याटिङ गरेर २४९ रन बनाए पनि राम्रो बलिङ गर्न नसक्दा नेपालले पराजय भोग्नु परेको हो ।

टस हारेर नेपालले पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रन बनाएको थियो । २५० रनको लक्ष्य पाएको ओमानले ४७.२ ओभरमै २ विकेट गुमाउँदै भेट्टायो ।

ओमानका लागि अकिव इलियासले शतक बनाए । उनले नटआउट १०८ रन जोडे । त्यस्तै कप्तान जिशन मक्सूदले नटआउट ६८ रन जोडे भने ओपनर खवार अलीले ४१ र जतिन्दर सिंहले २३ रन जोडे । 

नेपालका लागि कुशल मल्ल र सुशन भारीले १/१ विकेट लिए ।


 

More form the Internet

loading...