Suvadin, Home
NMB Bank Ltd 268.9k

मिडिया कपमा इमेजको विजयी सुरुवात

इमेज च्यानलले आठौं मिडिया कप फुटबल प्रतियोगितामा आइतबार विजय सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘बी’ को लिग खेलमा इमेजले अन्नपूर्ण पोष्टलाई ३–० गोल अन्तरले पराजित गर्यो। विजयी टिमका लागि सम्वर्द्धन प्रधानले २ तथा विजय कार्कीले १ गोल गरेका थिए।  नेपाल ओलम्पिक संग्राहलयद्वारा आयोजित प्रतियोगितामा ७ टिम सहभागी छन्। 
राखेप सदस्य–सचिव केशवकुमार विष्ट सञ्जय रन्जित (दायाँ) लाई मायाको चिनो प्रदान गर्दै ।

काठमाडाैं, पुस २५


इमेज च्यानलले आठौं मिडिया कप फुटबल प्रतियोगितामा आइतबार विजय सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘बी’ को लिग खेलमा इमेजले अन्नपूर्ण पोष्टलाई ३–० गोल अन्तरले पराजित गर्यो। विजयी टिमका लागि सम्वर्द्धन प्रधानले २ तथा विजय कार्कीले १ गोल गरेका थिए।  नेपाल ओलम्पिक संग्राहलयद्वारा आयोजित प्रतियोगितामा ७ टिम सहभागी छन्। 

सहभागी टिमलाई दुर्इ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ। समूह ‘ए’ मा नेपाल टेलिभिजन, कान्तिपुर मिडिया ग्रुप, एभिन्युज र एपी वान टेलिभिजन तथा समूह ‘बी’ मा अन्नपूर्ण पोष्ट, इमेज च्यानल र रेडियो नेपाल छन्। विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

आजको पहिलो खेल नेपाल टेलिभिजन र डिफेन्डिङ च्याम्पियन कान्तिपुर मिडिया ग्रुप बीच हुनेछ । दोश्रो खेलमा एभिन्युजले एपी वानको सामना गर्नेछ ।

सुनुवार सम्मानित

कमला कार्की स्मृति प्रतिष्ठानले पारा तेक्वान्दो खेलाडी सोमबहादुर सुनुवारलाई नगदसहित सम्मान गरेको छ। अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा पदक जित्दै राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्न सफल भएकोमा प्रतिष्ठानले सोमलाई सम्मान गरेको हो। गत वर्षको अगष्टमा भारतको हैदराबादमा भएको प्रथम अन्तर्राष्ट्रिय पारा तेक्वान्दोको के– ४२ क्याटगोरीको ६० केजीमाथि तौल समूहमा सोमले स्वर्ण जितेका थिए। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सोमलाई नगद १० हजार १ रुपैयाँसहित सम्मान पत्र प्रदान गरेका थिए।

यस्तै भारतको नयाँ दिल्लीमा गत सेप्टेम्बरमा भएको एकेएफ इन्टरनेसनल निर्णायक परीक्षामा उत्तीर्ण हुन सफल सञ्जय रन्जित पनि सम्मानित भएका छन्। इन्टरनेसनल क्योकुसिनकाई कराते संघले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आयोजना गरेको प्रथम आईकेकेएफ नेपाल क्योकुसिन कराते राष्ट्रिय च्याम्पियनसिपको समापनका अवसरमा सम्मान गरिएको हो।

नाइट किङ सेमिफाइनलमा

सानो गौचरण नाइट किङ क्लब प्रथम मदन स्पोर्ट्स कप नाइन ए साइड भेट्रान नकआउट फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ। नाइट किङले चन्द्रागिरी क्लबलाई ८–१ को फराकिलो गोलअन्तरले पराजित गर्यो ।

मदन भण्डारी स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा मोफसलका दुई टिम चितवन एफसी र विरगन्ज युथ एकेडेमी पनि सेमिफाइनलमा पुग्न सफल भएका छन्।

चितवनले ४० प्लस फाउन्डेसनलाई १–० गोलले हरायो। वीरगन्जले क्लब मोसेसलाई टाइब्रेकरमा ५–४ गोलले पाखा लगायो। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो।

आइतबारको खेल समापनसंगै सेमिफाइनल समीकरण तयार भएको छ । सोमबार हुने सेमिफाइनलमा नाइट किङको भेट आयोजक एकेडेमीसंग हुनेछ भने चितवनले विरगन्जको सामना गर्नेछ ।

पोखरामा राष्ट्रिय भलिवल

पर्यटकीय नगरी पोखरामा माघको तेश्रो साताबाट महिला तथा पुरुष राष्ट्रिय भलिवल प्रतियोगिता हुने भएको छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा माघ १८ देखि २२ गतेसम्म भलिवल प्रतियोगिता हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फ विभागीय टिमहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको एफिएफ क्लव, न्यू डायमन्ड एकेडेमी, हेल्प नेपाल स्पोर्टस् क्लव र आयोजकको तर्फबाट पश्चिमाञ्चल भलिवल संघले प्रतिष्पर्धा गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए।

लिगकम नकआउटको आधारमा हुने खेल पोखरा रंगशालामा हुनेछ । रंगशालाभित्र निर्माण भईरहेको भलिवल ट्रेनिङ सेन्टरमा अस्थायी भलिवल कोर्ट निर्माण गरी रबर म्याट राखेर खेल खेलाईने पौडेलले बताए । प्रतियोगिता सम्पन्न गर्न मुख्य प्रायोजक सृजना विकास केन्द्रले ७ लाख रुपैयाँ प्रदान गर्ने पनि पौडेलको भनाइ छ।

प्रतियोगिताको बिजेतालाई १ लाख ५५ हजार ५ सय ५५ र उपबिजेतालाई ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन्।

 

 

 

More form the Internet

loading...