Suvadin, Home

सात विद्यालयका विद्यार्थी अष्ट्रेलिया जाँदै

खेलकुद अनुभव अादानप्रदानका लागि नेपालका सात विद्यालयका विद्यार्थी अष्ट्रेलिया जाने भएका छन्। विद्यालय ब्याटमिन्टन अन्तर्गतकाे सटलटाइम कार्यक्रममा सहभागिताका लागि काठमाडाै र भक्तपुरका विभिन्न सात विद्यालयका सात जना विद्यार्थी अष्ट्रेलिया जान लागेका हुन्।
कार्यक्रमबारे जानकारी दिँदै।

काठमाडाैं, जेठ ४ - खेलकुद अनुभव अादानप्रदानका लागि नेपालका सात विद्यालयका विद्यार्थी अष्ट्रेलिया जाने भएका छन्। विद्यालय ब्याटमिन्टन अन्तर्गतकाे सटलटाइम कार्यक्रममा सहभागिताका लागि काठमाडाै र भक्तपुरका विभिन्न सात विद्यालयका सात जना विद्यार्थी अष्ट्रेलिया जान लागेका हुन्।

एक सय अाठ देशमा सञ्चालन हुने सटलटाइम कार्यक्रम विश्व व्याटमिन्टन संघले अायाेजना गर्दै अाएकाे र साे अन्तर्गत स्पाेर्टस म्याटर तथा अष्ट्रेलियन ब्याटिमन्टनकाे अायाेजनामा नेपाली विद्यार्थीहरू अष्ट्रेलिया गर्इरहेका सटलटाइम कनेक्टका नेपालका संयाेजक दीपक थापाले बताए। 

विद्यार्थीसहितकाे टाेली शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ। कार्यक्रम जेठ १५ गतेसम्म चल्नेछ। टाेलीमा सात जना विद्यार्थीसँगै दुर्इ जना शिक्षक तथा अभिभावकहरूकाे पनि सहभागिता अायाेजकले जनाएकाे छ। 

सहभागी विद्यार्थीले देशकाे प्रतिनिधित्व गर्ने भएकाले त्यहाँ हुने सांस्कृतिक कार्यक्रममा समेत खेलाडीहरूकाे सहभागिता रहने छ। 


 

More form the Internet

loading...