Suvadin, Home

 वर्षाका कारण प्रभावित खेलमा श्रीलंका विजयी, अफगानिस्तान ३४ रनले पराजित

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले जित हात पारेको छ । मंगलबार भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो । 

श्रीलंकाले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ३२ ओभरमा ४ बलमा अल आउट हुँदै मात्र १ सय ५२ रन पूरा गर्‍यो । श्रीलंकाले ३६ ओभर ५ बलमा २ सय १ रन बनाएको थियो । तर, वर्षाका कारण खेल ४१ ओभरमा झारिएको खेलमा श्रीलंकाले डीएल पद्धतिको आधारमा अफगानिस्तानलाई १ सय ८७ रनको लक्ष्य दिएको थियो ।

१ सय ८७ रनको लक्ष्य पछएको अफगानिस्तानका लागि नजिव उल्लाह जर्दानले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै  हज्रतुल्लाह जजाईले ३०, कप्तान गुल्बदीन नइब २३ र मोहम्मद नाबी ११ रनको योगदान गरे । 

बलिङतर्फ श्रीलंकाका लागि नुवान प्रदीपले सर्वाधिक चार विकेट लिए । त्यस्तै लासिथ मालिंगाले तीन विकेट लिँदा थिसरा परेरा र इसुरु उदनाले समान एक-एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको  श्रीलंकाले ३६ ओभरो ५ बलमा अल आउट हुँदै २ सय १ रन बनाएको थियो । 

श्रीलंकाका लागि कुशल परेराले अर्धशतकीय पारी खेले । ८१ बल खेलेका उनले ८ चौकाको सहयोगमा ७८ रन पूरा गरे । यसअघि परेरा र कप्तान दिमुथ करुणारत्‍नेले ९२ रनको साझेदारी गरेका थिए । दिमुथले ३० रन जोड्दा लाहिरु थिरिमानेले २५ र इसुरु उदनाले १० रनको योगदान दिए ।

बलिङतर्फ अफगानिस्तानका लागि मोहम्मद नाबीले चार विकेट लिएका छन् । रशिद खान र दवलत जद्रानले समान दुई-दुई विकेट लिँदा हमिद हसन र दवलत जद्रानले समान एक-एक विकेट लिए ।


 

More form the Internet

loading...